अर्थ सन्जाल
२७ जेष्ठ २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२७ जेष्ठ २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

एनआईसी एशिया बैंकको उत्कृष्ट सेवा : टोलटोलमा शाखा, हातहातमा मोबाइल बैंकिङ

  • अर्थ सन्जाल
  • १ जेष्ठ २०८०, सोमबार ११:५४


काठमाडौं । साहित्य क्षेत्रमा एउटा भनाइ छ– ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । अर्थात कविले नलेखेको कुनै विषय बाँकी नै छैनन् । जसरी कविले नलेखेको कुनै विषय छैन, त्यसैगरी नेपालमा एन आई सी एशिया बैंक नपुगेको ठाउँ छैन । नेपालको जहाँ मानव बस्ति छ, त्यो ठाउँमा एन आई सी एशिया बैंक पुगेको छ । सहर, सहरउन्मुख क्षेत्रदेखि ग्रामीण भेगदेखि अति दुर्गम ठाउँमा यस बैंकको उपस्थिति रहेको छ ।

‘हामीले नेपालका कुनै पनि नागरिक बैंकिङ पहुँचबाट टाढा रहनु हुँदैन भनेर अति दुर्गम क्षेत्रमा पनि हाम्रो शाखा विस्तार गरेका छौं,’ एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले भने, ‘मुलुकको वित्तीय समावेशीकरणका लागि पनि काम गरिरहेका छौं ।’

उनले भने जस्तै नेपालको बैंक तथा वित्तीय क्षेत्रमा सबैभन्दा धेरै शाखा कार्यालय विस्तार गर्ने बैंकमा पर्छ यो बैंक । पछिल्लो समयमा दुई ठूला वाणिज्य बैंकहरुको मर्ज हुने लहर पनि छ । दुई ठूला वाणिज्य बैंक मर्ज हुँदा पनि एन आई सी एशिया बैंक ग्राहक संख्याको आधार, एटिएमलगायतमा सुचकांकमा पहिलो नम्बरमै रहेको छ । शाखा कार्यालयको संख्यामा पनि एनआईसी एशिया बैंक अग्रणी स्थानमा रहेको छ ।

यस्तै, कुनै शाखा कार्यालयहरु यस्ता दुर्गम ठाउँमा छन, जहाँ कुनै पनि बैंक पुग्न सकेका छैनन् । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू स्थापना गरिसकेको छ । शाखा विस्तारको क्रम बढ्दो क्रममा रहेको छ ।

यस बैंकले डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै ग्राहक महानुभावहरुको अझबढी सुविधाको लागि हरेक टोलटोलमा शाखा कार्यालय सञ्चालन गरिरहेको छ । त्यस्तै, वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै ४७३ एटिएम सञ्चालन गरेको छ । त्यस्तै, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । यो संख्याका विस्तारित काउन्टर र शाखा रहित सेवा अरु कुनै पनि बैंकले सञ्चालन गरेको छैन । त्यसैले एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ्ग सञ्जाल विस्तार गरेको बैंकको रुपमा परिचित छ ।

कुनै पनि बैंकिङ्ग काम गर्न ग्राहक महानुभावहरुलाई आफ्नो टोलभन्दा टाढा जान नपरोस् भन्ने हाम्रो सोँच छ,’ सीईओ न्यौपानले भने, ‘शाखा कार्यालयको कामदेखि एटिएममा पैसा झिक्न आफ्नो टोलभन्दा टाढा जान नपर्नेगरी हामीले हाम्रो बैंकिङ्ग सञ्जाल विस्तार गरेका छौ ।’

बैंक मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूका दुर्गम गाउँमा पुगेको छ । साथै, कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा यस बैंकले शाखा विस्तार गरेको छ । बैंकले नाफामात्र नभएर मुलुकको वित्तीय समावेशीकरण योगदान गर्ने उद्देश्यसहित सकेसम्म देशका सबै ठाउँमा शाखा, शाखारहित बैंकिङ्ग, विस्तारित काउन्टर, एटीएमजस्ता सेवा विस्तार गर्दै लगेको छ ।

पछिल्लो पाँच वर्षमा यस बैंकले आफ्नो सञ्जाल विस्तारमा ठूलो फड्को मारेको छ । बैंकको नेतृत्वमा न्यौपाने आइसकेपछि ग्राहकको संख्यादेखि शाखा सञ्जाल विस्तार बैंक अग्रणी स्थानमा आइपुगेको छ ।

न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछिको ५ वर्षको अवधिमा ग्राहकहरुको संख्यामा ६ गुणाले वृद्धि भएको छ । आ.व. २०७३/७४ मा ५ लाख ७१ हजार ग्राहक रहेकोमा गत आ.व.सम्म आइपुग्दा ग्राहक संख्या ३४ लाख ५४ हजारभन्दा बढी र अहिले झन्डै ४० लाख पुर्याउन सफल भएको छ ।

साथै, यस बैंक नेपालको बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै एटीएम, पीओएस, क्युआर नेटवर्क निर्माण गर्दै ‘डिजिटल फष्ट बैंक’ को अवधारणालाई प्राथमिकतामा राखेर अगाडि बढेको छ । यस अवधिमा शाखा विस्तार, एटीएम एवं विस्तारित काउन्टरको संख्याको हिसाबले पहिलो नम्बरमा रहेको छ । ५ वर्षअघि ११९ शाखा कार्यालय र ७० एटीएम रहेकोमा गत वर्ष ३५९ शाखा र ४७३ एटीएम पुगिसकेका छन् । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा शाखा कार्यालय २.२ गुणा र एटीएम २.२६ गुणाले वृद्धि हुँदा यस बैंकको शाखा कार्यालय ३.०२ गुणा र एटिएम ६.७७ गुणाले वृद्धि भएको छ । त्यस्तै, विस्तारित काउन्टरको संख्या २५.५० गुणाले वृद्धि भएको छ ।

देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

यस बैंकले ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिकरुपले डिजिटलबाट गर्ने लक्ष्य राखेको छ । हाल कुल कारोबारको झन्डै ८० प्रतिशत डिजिटल कारोबार गरिरहेको बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै एटीएम, पीओएस, क्युआर नेटवर्क निर्माण गर्दै ‘डिजिटल फष्र्ट बैंक’ को अवधारणालाई प्राथमिकतामा राखेर अगाडि बढेको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा यस बैंकले डिजिटल कारोबारमा अग्रणी स्थान हासिल गरेको छ । आ.व. २०७३/७४ मा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकको संख्या १ लाख २१ हजार रहेकोमा गत आ.व.मा यो संख्या १६.३ गुणाले वृद्धि हुँदै १९ लाख ७२ हजार ६ सय पुगेको थियो भने चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मोबाइल बैंकिङ्गका ग्राहकको संख्या २३ लाख २३ हजारभन्दा धेरै पुगिसकेका छन् । त्यसैगरी, इन्टरनेट बैंकिङ्गमा हेर्ने हो भने ४७ हजार ९ सयबाट ३ गुणा वृद्धि हुँदै १ लाख ९१ हजारबाट माथि लागिसकेको छ । हरेक बैंकिङ्ग सेवाहरु हातहातमा पुर्याउन सफल भएको छ।

Artha Sanjal
मिती : १ जेष्ठ २०८०, सोमबार ११:५४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो: शेखर कोइराला

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’

यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय

प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली

ताजा समाचार

  1. सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो: शेखर कोइराला
  2. ‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’
  3. यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय
  4. प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली
  5. राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना
  6. नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
  7. शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा

विजनेश फोकस

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्...

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘...

नेपालका विज्ञहरुमै वित्तीय साक्षरता छैन: पूर्व ...

तिस वर्षमा नेपालीको प्रतिव्यक्ति आय २० हजार डलर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.