जेब्रा झोलाभित्र भेटीयो जीउबिनाको शव

सुनसरीको धरान–४ मा एक युवकको शव विभत्स अवस्थामा फेला परेको छ। जंगलमा जेब्रा झोला भित्र जीउ बिनाको शव फेला परेको हो ।

कोशी राजमार्गको भेडेटार सडक खण्ड नजिकैको जंगलमा घाँस काट्न गएका गाउँलेले बुधबार थाहा पाएपछि घटनाको विषयमा प्रहरीलाई खबर गरेका थिए। घाँस काट्न गएका गाउँलेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको देखेपछि प्रहरीलाई खबर गरेका सुनसरी प्रहरी प्रमुख एसपी सन्जयसिंह थापाले बताए । घटनास्थलमा झोलामा हालेर फालेको अवस्थामा टाउको र खुट्टा फेला परेको उनको भनाइ छ ।

आज त्यसको नजिकै अर्को जेब्रा झोला पनि भेटिएको त्यसमा जीउ हुनसक्ने अनुमान गरीएको बताउँदै उनले अब केहीबेरमा त्यो झोला खोलेर हेर्ने बताए । प्रहरीका अनुसार झोलामा टुक्रा भेटिएको शवको प्रकृति हेर्दा अन्दाजी ३०–३२ वर्षका युवक जस्तो देखिएको छ। शव केही दिन पुरानै रहेको प्रहरीले बताएको छ।

शवको गन्ध आइरहेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *