आज नेप्सेमा ८५ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ५ लाख २ हजार १ सय १८ दशमलव २३ कित्ता बोनस शेयर , स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८५ लाख ७२ हजार २ सय ३० दशमलव ८१ कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो ।
मेरो माइक्रोफाइनान्सको २० लाख कित्ता बोनस शेयर , महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता बोनस शेयर र सिभिल लघुवित्तको ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
नेप्सेमा सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।