एक हप्ताको प्रहरी परिचालनपछि उनीहरूलाई पक्राउ गरिएको बताइएको छ ।
काठमाडौँको होटल हायात रिजेन्सी बाहिर पार्किङ क्षेत्रमा राखिएको बा ५ च ८२०९ नम्बरको कारभित्र मङ्गलबार युरेनियम बरामद भएको हो ।
पक्राउ पर्नेमा युरेनियम बिक्रीका लागि काठमाडौँ आइपुगेका भारत विहारका उपेन्द्रकुमार मिश्र र मोतीहारीका राज ठाकुर छन् ।
त्यस्तै ललितपुर महानगरपालिका–१४ का नवराज महत, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ का भूपेन्द्र खड्का, हेलम्बु गाँउपालिका–४ का रामकृष्ण लामिछाने, सिरहा लक्ष्मीपुर पतारीका गोपीलाल दास, सिरहा वरियापारपट्टीका जिवछ नारायण यादव र महोत्तरीका सुरेन्द्रप्रसाद चौधरी पक्राउ परेका छन् । गोरखापत्र दैनिकमा समाचार छापिएको छ ।