सुनको मूल्य २०० रुपैयाँले बढ्यो

काठमाडौं । सुनको भाउ मंगलबार  प्रतितोलामा एक हजार २०० रुपैयाँको दरले बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंंगलबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैँयामा  कारोबार भएको महासंघले जनाएकाे छ ।

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार दुई सय रुपैँया निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार एक हजार ३०० रुपैँयामा कारोबार भएको चाँदी मंगलबार एक हजार ३२० रुपैयाँ निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *