मेगा बैंक नेपालले बैंकिङ सेवा नपुगेका चार जिल्लाको पाँच वटा स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
मेगा बैंकले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ५ , गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५, कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिका वडा नम्बर ८ र कृष्णपुर नगरपालिका वडा नम्बर २ बाङकामा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।
शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत बैंकले नियुक्त गरेका व्यावसायिक प्रतिनिधिमार्फत खाता खोल्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा रिचार्ज, डिसहोमको रिचार्ज गर्ने लगायतका सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको खण्डमा कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ






