खानेपानीको बिल भुक्तानी अब ‘खल्ती’ बाटै

काठमाण्डौवासीले लामो समयदेखि प्रतीक्षा गरिरहेको ‘काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड’को बिल भुक्तानी अब अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ।

व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउनुपर्ने तथा ढिला भई जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको हो। त्यतिमात्र हैन ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समयमै गरी रिबेट÷छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन्।

यस सेवाका बारे थप जानकारी दिँदै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको यो सेवा काठमाण्डौका बासिन्दाले वर्षौंदेखि पर्खिआएका छन् र यस सेवालाई हामीले डिजिटल रुपमा दिन पाउँदा धेरै उत्साहित छौँ।’

‘खल्ती’बाट काठमाण्डौ उपत्यका खानेपानीको बिल भुक्तानी गर्नका निम्ति यदी २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाँकी भए बोर्ड अमाउन्ट तिर्नुपर्नेछ। त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्टबाट भुक्तानी गर्न सकिनेछ।

‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो । २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्तालाई समयका साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *