ईमर्जिङ्ग नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज फागुन १ गते अन्तिम दिन रहेको छ । कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको हो ।
कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।