नेप्सेमा दोहोरो अंकको गिरावट,कारोबार रकम भने बढ्यो

आज मंगलबार नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । नेप्से १६.३० अंकले घटेर दुई हजार ८ सय ३५ दशमलब ५८ विन्दुमा झरेको हो । सोमबार नेप्से १५.६९ अंकले बढेर दुई हजार ८ सय ५१ दशमलब ८६ विन्दुमा पुगेको थियो ।

आज ६ अर्ब २८ करोड ७२ लाख बराबरको कारोबार भएको छ । सोमबार ५ अर्ब २ करोड २० लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु मध्य दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य उच्च वृद्धि हुने कम्पनीहरु नेपाल इन्स्योरेन्स र बुद्धभुमी हाइड्रोपावर छन । उक्त कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले बढेको छ।

नेप्सेका अनुसार आज शेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *