अर्थ सन्जाल
६ आश्विन २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
६ आश्विन २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

हुन्डीबाट कारोवार हुदा भारुको नेपाली मूल्य घट्यो, माग भन्दा आपूर्ति बढी

  • अर्थ सन्जाल
  • ८ चैत्र २०७९, बुधबार ०८:२०


काठमाडौं । विगतमा मुद्रा अभावमा निर्धारित दरभन्दा बढी भुक्तान गरी भारु खरिद गर्नुपरेकामा नेपालगञ्ज क्षेत्रमा अहिले स्थिर विनिमय दरभन्दा कममा भारुको कारोबार हुने गरेको छ । केही महिना पहिलेसम्म भारतीय मुद्राको अभावका कारण स्थानीयले सय रुपियाँ भारु लिँदा ६ रुपियाँसम्म बढी तिरेर लिनुपर्ने बाध्यता थियो भने अहिले प्रतिसय रुपियाँमा ५ रुपियाँ कम दिएर पनि पाउन थालेको छ । नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको स्थिर विनिमय दरअनुसार नेपाली १६० रुपियाँ बराबर भारतीय एक सय हुन्छ ।

सीमा क्षेत्रका नेपाली बजारमा भारु बढी भित्रिएपछि अभाव समाप्त हुनुका साथै भारतीय नोटको माग पनि घटेकाले कम मूल्यमै भारुको लेनदेन हुन थालेको स्थानीय व्यवसायी सीताराम गुप्ताले बताए ।  उनले विगतमा स्थानीयले १६३ देखि १६८ रुपियाँसम्म तिरेर सय रुपियाँ लिने गरेकोमा हाल १५५ रुपियाँमै सय रुपियाँ भारु पाउन थालेको बताए ।

तस्करी र हुन्डीबाट मागभन्दा बढी भारु नेपाल भित्रिँदा केही महिनायता सीमावर्ती बजारमा भारु कमजोर भएको स्थानीय व्यवसायीको आकलन छ । सुन तस्करी र नेपालगञ्जका क्यासिनोका कारण पनि बजारमा भारु नोट आपूर्ति बढेको हुन सक्ने अर्का व्यवसायी जावेद राईले बताए ।

“अहिले नेपाली रुपियाँ बलियो हुनुमा बजारको मागभन्दा बढी अवैध रूपमा भारु भित्रिनु मुख्य कारण हो,” राईले भने । केही महिनाअघिसम्म नेपाल राष्ट्र बैङ्कको नेपालगञ्जस्थित शाखा कार्यालय र त्यहाँका मुद्रा सटही काउन्टरमा भारतीय मुद्रा किन्नेको भीड लाग्थ्यो ।

माग धेरै हुँदा त्यति बेला भारतीय मुद्राको अभाव हुन्थ्यो र बढी कमिसन दिएर मात्र बजारमा सटही गर्न पाइन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । अहिले भारु बजारमा धेरै भित्रिएपछि भारु लिनेहरू नभेटिँदा बिक्री भाउ घटेको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ।

Artha Sanjal
मिती : ८ चैत्र २०७९, बुधबार ०८:२० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

ताजा समाचार

  1. एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै
  2. ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)
  3. नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी
  4. कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  5. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
  6. माइडियाले ल्यायो दशैँ तिहार अफर
  7. सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर गर्न अस्वीकार

विजनेश फोकस

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन नि...

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

पोखराको चिप्लेढुंगामा मुक्तिनाथ क्यापिटलको शाखा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.