राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन ।
गत मंसीरको दोस्रोसाता राप्रपाको केन्द्रीय महाधिवेशनबाट थापालाई पछि पार्दै अध्यक्ष बनेका राजेन्द्र लिङदेनले आफनो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रिय सदस्य यवं कमल थापाका भतीजा अभिषेक थापाले जानकारी दिए ।
यद्यपि उनले महाधिबेशनमा दरवारले हस्ताक्षेप गरेकै कारण हार बेहोर्नु परेको अभिब्यक्ति दिदै आएका थिए ।
थापाका अनुसार आज उनको गृहनगर हेटौंडामा आयोजित एक कार्यक्रममा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।