आज ३६३७ जना नयाँ संक्रमित, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ६३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ५८२ नमुना परीक्षण गर्दा  तीन हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् । उनका अनुसार ६ हजार ४९९ पीसीआर परीक्षण गर्दा दुई हजार २०५ जनामा र पाँच हजार ८३ एन्टिजेन परीक्षण गर्दा एक हजार ४३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ जना रहेको छ । पछिल्लो २४ घण्टामा सात हजार ५५५ जनामा कोरोना संक्रमणमुक्त हुँदा १२ जना संक्रमितको मृत्यु भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा आठ लाख १५ हजार ७९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका प्रवक्ता डा मिश्रले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *