समीट लघुवित्तको लाभांश घोषणा

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको फागुन १५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजीको कुल १४.२७ प्रतिशतले हुन आउने ७ करोड ५ लाख २६ हजार ३१५.७९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १३.५६ प्रतिशतले हुन आउने ६ करोड ७० लाख रुपैयाँ र कर प्रयोजनार्थ ०.७१ प्रतिशतले हुन आउने ३५ लाख २६ हजार ३१५.७९ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने संस्थाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *