सत्तासाझेदार प्रमुख तीनदलले एमसीसीमा सहमतिको बिन्दु खोज्न थालेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा दलका शिर्ष नेताहरु छलफलमा जुट्दै एमसीसीको सहमतीको विन्दु खोज्न थालेका हुन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले बालुवाटारमा एमसीसीको विषयमा छलफलमा रहेका निकट स्रोतले जनाएको छ ।
तीनदलका शिर्ष नेताहरु छलफलमा जुटेपछि एमसीसीको विषयमा सहमती हुन सक्ने पनि चर्चा हुन थालेको छ । एमसीसीबारे सत्ता गठबन्धनमा समस्या नभएको एमसीसीमा सहमतिको विन्दु खोज्न लागिपरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए
बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले एमसीसी पास गर्न सहयोग गर्नुहोस् भनेका छन् भने माओवादी अध्यक्ष दाहालले संशोधन नगरी पास गर्न नहुने अडान राखेका स्राेतले बतायाे ।






