कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गरेको भनी चितवन मेडिकल कलेज (सिएमसी) दोहोरो शुल्क उठाउने धन्दामा लागेको छ । कोरोना संक्रमितसँग उपचार खर्च असुलेको सिएमसीले कोरोना संक्रमितको निःशुल्क उपचार गराएको भनी सरकारसँग पनि शोधभर्ना बापतको रकम माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत निःशुल्क उपचार नपाउने बिरामीले उजुरी गर्नू भनेर सार्वजनिक रूपमा आह्वान गरेपछि अहिले बिरामीले भटाभट उजुरी गरेका छन् । सिएमसीविरुद्ध मंगलबारसम्म १० जनाले उजुरी गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ