एमसीसी १५ दिन भित्र पास गर्न गठबन्धनबीच सहमति

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई साक्षि राखेर गठबन्धन टिकाउने सर्तमा एमसीसी पास गर्न सहमति जुटेको स्रोतले बताएको छ । प्रचण्ड र नेपालले आफ्नो पार्टीमा आन्तरिक सहमति र छलफलको लागि १० दिन समय मागेपछि आइतवारलाई बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोना संक्रमणको कारण देखाउँदै १० दिन पर धकेलिएको छ ।

प्रधानमन्त्री देउवा स्वयमले एमसीसी पास नगरि अरु कुनै पनि गतिविधि अगाडी नबढ्ने बताएपछि सत्तारुढ गठबन्धन दल सहमतिमा आएको स्रोतको दावी छ ।

सहमति कायम गर्दै नेताद्धय प्रचण्ड र नेपालले स्थानीय तहको निर्वाचनसम्मै गठबन्धनको सहकार्य हुनुपर्ने प्रस्ताव राखेका थिए । तीन नेताको गोप्य बैठकमा कांग्रेस बरिष्ठ नेता पौडेल पनि सहभागी थिए । उनले स्थानीय तहको निर्वाचनसम्मै गठबन्धनलाई सहकार्यमा राख्ने हो भने एमसीसी पास गर्नैपर्ने बाध्यता छ भनेपछि प्रचण्ड र नेपाल तयार भएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *