अर्थ सन्जाल
६ आश्विन २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
६ आश्विन २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सरकारले छ महिनामा उठायो साढे ५६ अर्ब ऋण

  • अर्थ सन्जाल
  • १ फाल्गुन २०७९, सोमबार १६:२३


सरकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म ३० अर्ब आन्तरिक र रू २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ ।

चालु आवका लागि सरकारले दुई खर्ब ५६ अर्ब बराबर आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो । जसबाट वार्षिक बजेटको १४।३ प्रतिशत स्रोत बेहोर्ने सरकारको योजना थियो । तर गत पुस मसान्तसम्ममा सरकारले ३० अर्ब बराबर मात्रै आन्तरिक ऋण उठाएको छ । यो अवधिमा संघीय सरकारले लिएको आन्तरिक ऋणमध्ये १५ अर्बको एक वर्षे ट्रेजरी बिल, आठ अर्बको दुई वर्षे विकास ऋणपत्र, दुई अर्बको तीनवर्षे विकास ऋणपत्र र पाँच अर्बको चारवर्षे ऋणपत्र जारी भएका छन् । सोही अवधिमा सरकारले तिरेको आन्तरिक ऋणको साँवा ब्याज भने ८३ अर्ब तीन करोड बराबर छ ।

चालु आवका लागि रू ५५ अर्ब ४५ करोड ८३ लाख बराबर अनुदान र रू दुई खर्ब ४२ अर्ब बराबर बाह्य ऋण लिने सरकारको योजना थियो ।

गत पुस मसान्तसम्म सरकारले लिएको वैदेशिक अनुदानको वास्तविक प्राप्ति भने रू आठ अर्ब १२ करोड र कुल वैदेशिक ऋण २६ अर्ब ४६ करोड बराबर छ । तर सोही अवधिमा विभिन्न दातृ निकायले अनुदान सहायतातर्फ २३ अर्ब १२ करोड १० लाख र सहुलियतपूर्ण ऋणतर्फ रू एक खर्ब १४ अर्ब बराबर प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

विकास पूर्वाधार आयोजनाको कार्यान्वयन प्रभावकारी हुन नसक्दा वैदेशिक अनुदान र ऋण लक्ष्यअनुसार लिन नसकिएको अर्थ मन्त्रालयले जनाएको छ ।
“कमजोर आयोजना व्यवस्थापन तथा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण वैदेशिक सहायतामा सञ्चालित आयोजना कार्यान्वनयमा सुस्तता आई पुँजीगत खर्च न्यून हुन गएकाले त्यसको प्रभाव विकास साझेदारले गर्ने सोझै भर्ना तथा शोधभर्ना रकममा पर्न गएको र समीक्षा अवधिमा वैदेशिक सहायता परिचालन न्यून भएको हो”, बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनिएको छ ।

चालु आवको पहिलो तीन महिनासम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब सात अर्ब ८४ करोड बराबर छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो तीन महिनाको प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण शून्य दशमलव २७ प्रतिशतले घटेको देखिन्छ । गत असार मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण रु २० खर्ब १३ अर्ब २९ करोड थियो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पहिलो तीन महिनामा नेपालको कुल बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड छ भने आन्तरिक ऋण नौ खर्ब ५७ अर्ब ६१ करोड बराबर छ । यो आँकडा गत असार मसान्तसम्मको ऋणको अवस्थासँग तुलना गर्दा बाह्य ऋण रू २४ अर्ब ३८ करोडले बढेको र आन्तरिक ऋण रू २९ अर्ब ८३ करोडले घटेको हो ।

Artha Sanjal
मिती : १ फाल्गुन २०७९, सोमबार १६:२३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

माइडियाले ल्यायो दशैँ तिहार अफर

ताजा समाचार

  1. एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै
  2. ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)
  3. नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी
  4. कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  5. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
  6. माइडियाले ल्यायो दशैँ तिहार अफर
  7. सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर गर्न अस्वीकार

विजनेश फोकस

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन नि...

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

पोखराको चिप्लेढुंगामा मुक्तिनाथ क्यापिटलको शाखा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.