अव्यवस्थित तारका कारण कुरुप सँगै जोखिम बन्यो राजधानी

देशका अन्य ठाँउ र शहरहरु भन्दा हरेक सेवा सुविधाले सम्पन्न मानिने काठमाडौका मुख्य सडक र गल्लीहरु अव्यवस्थित तारका कारण शहरको स्वरुप त विगारेकै छ जथाभावी टाँगीएका ताहरुका कारण जोखिम पनि बढ्दै गएको छ ।

सडकमा रहेका हरेक पोलहरुमा भएका अब्यवस्थित तारहरुलेख राजधानी शहर काठमाडौंको स्वरुप त बिग्रीयो नै पछिल्लो समय बिद्युतको पोलमा आगो लाग्दै जानुले झन त्रास फैलाएको छ । केहि समय अघि मात्र काठमाण्डौको तिनकुनेमा रहेको बिद्युतपोलमा आगोलागी हुँदाँ ठुलो क्षती भएको थियो ।

बिभिन्न सेवा प्रदायक कम्पनी र संस्थाले सेवाको गुणस्तरमा ध्यान दिने तर यस्ता खालका जोखिमबाट बच्न र अब्यवस्थित तारको व्यवस्थापन गर्न खासै चासो देखाएको देखिदैन । सरकार र प्राधिकरण सबैलाई यस्को बारेमा अवगत हुँदा हँदै पनि थाहा नपाए जस्तो गरेर बस्दा आफूहरु जोखीममा रहनु परेको काठमाडौंको मूख्य व्पारीक केन्द्र न्युरोडमा व्यवसाय गर्दै आएका स्थानीय मनोज शाक्यले बताए । जथाभावी टाँगीएका तारहरुले हरेक टोलहरुमा जोखीम ल्याएका कारण आफूहरु कतीदिन सम्म जोखीम मोलेर बस्न पर्ने टुंगो नभएको उनको भनाइ छ ।

अव्यवस्थित तरिकाले तार बिच्छ्याईदा बाटोमा हिड्ने जो कोहिलाई सास्ती पर्नेगरेको र घर अघिकै तारमा आगो लाग्दा पनि दमकल समयमा न आईपुग्दा जोखिम बडेका न्यूरोडको वटुमा पैदल हिँडीरहेका दोलखाका सुरेश कार्कीलृ बताए । यो लापरवाहिले भोलि झन ठुलो दुर्घटना निम्त्याउने उनको भनाइ छ ।

सरकारले बिजुलीको तार लगायतलाई जमिन मुनिबाट बिच्छयाएर सहरको कुरुपता र यस्तो जोखिमबाट पर हट्न खोजेपनि कामले राम्रो सँग गती लिन नसक्दा यस्को सम्पन्नताको टुंगोनै छैन । सरकारको योजनाले सार्थकता नपाउनुले जनताले यस्तो जोखिमको समाना गर्न बाध्य हसनु परेको नयाँबानेश्वरमा व्यवसाय सञ्चालन गर्दै आएका रामेछापकी जमुना केसीको भनाइ छ । हरेक दिन पसलमा आइ पुगे पछि कुनदिन केहुन्छ भन्ने डरले सताउने गरे बताउँदै केही समय अघि तीनकुनेको आगलागीले तर्साइरहेको उनले बताइन् ।

पोल भाडामा लिएर आफ्नो सेवा विस्तार गरिरहेका सेवा प्रदायक कम्पनिहरुलाई व्यवस्थापनको लागि बोलाइएको भए पनि केहि सेवा प्रदायकले यो विषयमा चासो नदेखाएको नेपाल बिद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईल बताए । प्राधिकरण पोलको तार व्यवसथापनको लगि दुर सञ्चार सँग पनि पहल गरिरहेको बताउँदै उनले व्यस्त सडकमा काम गर्न असजिलो हुनाले पनि काम गर्न समय लागेको बताए ।

सहरलाई सुन्दर राख्न सरकारले अण्डरग्राउण्ड तार बिच्छाउने काम सुरु गरेको छ । तार भुमीगत गर्ने कार्य अहिले सम्म ४० प्रतिशत् सम्पन्न भएको प्रवक्ता भट्टराईको भनाई छ । भुमीगत तार बिच्छाउने दक्ष जनशक्ति नेपालमा नभएकाले बाहिरी देशका जनसक्तिबाट काम भइृरहेको उनले बताए । अवको केहि बर्षपछि यो तारको समस्या हल भएर जाने उनको भनाइ छ ।

हरेक विजुलीको पोलहरुमा जोखिम रहेको कारण कति दिन सम्म आफुहरुले यस्तो जोखीममा रहनु पर्ने हो थाहा नभएको सर्वसाधरणको गुनासो रहेको छ । सहरको कुरुपताको विषयमा प्राधिकरण गम्भीर भएको प्राधिकरणले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *