शिवम् सिमेन्टले दिने भयो अहिलेसम्म कै उच्च लाभांश

शिवम् सिमेन्टले अहिलेसम्म कै सर्वाधिक उच्च २९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। सोहि निर्णय अनुरुप कम्पनीले अनुमोदनका लागि आगामी कात्तिक १६ गते कम्पनीको साधारण सभा हुने भएको छ । कम्पनीले अघि सारेको प्रस्ताव सभाले अनुमोदन गर्‍यो भने चुक्ता पुँजीको २९ प्रतिशत नगद लाभांश बाँड्ने कम्पनीको योजना कार्यान्वयनमा आउने छ।

हाल शिवम् सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ। यदि कार्तिक १६ मा बस्ने कम्पनीको साधारण सभाले प्रस्तावित लाभांश अनुमोदन गर्‍यो भने सो कम्पनीले एक अर्ब २७ करोड ६० लाख रुपैयाँ वितरण गर्ने छ । गत वर्ष कम्पनीले १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *