एनएमबी लघुवित्तले ल्यायो किसान लक्षित कार्यक्रम

एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले सम्पत्ति शुद्घकरण निवारणलगायतको कर्मचारी क्षमता अभिवृद्घि तालिम रणनीतिक योजना तर्जुमा गर्न तीन दिवसीय तालिम कार्यक्रम हालै पोखरामा सम्पत्र गरेको छ।

सातवटै प्रदेशका प्रादेशिक कार्यालयका प्रमुखहरु, क्षेत्रीय व्यवस्थापकहरु, मध्य तथा उच्च व्यवस्थापनका सदस्यहरु सम्मिलित उक्त कार्यक्रममा संस्थाले कृषकहरुको सबै आवश्यकता सम्बोधन हुने गरी किसान शृंखलाको कर्जाहरु सार्वजनिक गरेको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द पाण्डेले लघुवित्तबाट कर्जा लिएकै कारण कृषकहरु थप गरिब हुन नहुने नारा सहित किसान शृंखलाअन्तर्गत विभिन्न कर्जाहरु ल्याइएको बताए। नाफामूलक परियोजनाको पहिचान गरी लगानीलाई पूर्ण सदुपयोग गरेको खण्डमा कृषकको आयस्तर बढ्नुका साथै कर्जा भुक्तानीमा कहिले समस्या नआउने उनले बतए।

संस्थाले प्रत्येक कर्जालाई बीमाको माध्यमबाट थप सुरक्षित बनाउने योजना रहेको छ।

संस्थाका प्रमुख व्यवसाय अधिकृत कमल पोख्रेलसँग बुझ्दा कृषकको आत्मसम्मान सुनिश्चित गरी परियोजनालाई सफलतापूर्वक कार्यान्वयन हुने गरी किसान आत्मनिर्भर कर्जा, पूर्ण रुपमा कृषिमै आधारित आयमा निर्भर भए पनि पर्याप्त कृषि योग्य जग्गा नभएका कारण ज्याला मजदुरी गर्न बाध्य रहेका किसानहरुलाई खेतीयोग्य जग्गा खरिद गर्न किसान स्वाभिमान कर्जा साथै कृषि पूर्वाधार निर्माण, वातावरण संरक्षण, आकस्मिक पैँचो गरी संस्थाले यो शृंखलाअन्तर्गत पाँचवटा कर्जा प्रोडक्टहरु ल्याएको जानकारी दिए।

आगामी १५ दिनभित्र संस्थाका सबै कर्मचारीहरुलाई यस शृंखला।अन्तर्गतका कर्जाहरुको तालिम सम्पन्न गरी यो योजना पूर्ण रुपमा लागु गर्ने संस्थाले लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *