

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
संस्थाको सञ्चालक समितिले (माघ २२ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली (सामुदायिक होमस्टे)मा आयोजना गरिनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ६५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६१।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.२५ प्रतिशतले हुन आउने नगद लाभांश छन्।
सोही सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन ४ बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश लिन र सभामा भाग लिन पाउनेछन् ।
Artha Sanjal
अर्थ सन्जाल