अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

  • अर्थ सन्जाल
  • १७ माघ २०७९, मंगलवार १२:५१


बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ ।

सहिदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका सामग्री आपूर्ति गर्न नसकेको बताए । विगत २३ वर्षदेखि बाँसको काम गर्दै आएका ४० वर्षीया राईले नेपालका विभिन्न सहरलगायत चीन, हङ्कङ, जापानमा सामग्री निर्यात गर्दै आएका छन् ।

उनले गाउँमा नै सञ्चालन गरेको सुनिता बेदबाँस उद्योगबाट दैनिक एक सय ५० थानको हाराहारीमा बाँसका सामग्री उत्पादन गरेर बिक्री गर्दै आएका छन्। तर बजारमा भने दैनिक १२ सयदेखि १५ सयसम्मको माग रहेको जनाइएको छ । “काम गर्ने जनशक्ति नभएर मागेको जति पु¥याउनै सकिएको छैन”, उनले भने, “बाँसको काम अलि गाह्रो भएर होला सबै विदेश गएर मान्छे पाइँदैन ।”

स्थानीय तहहरूले बेदबाँस सामग्री उत्पादनका लागि दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गरे बाँससम्बन्धी उद्योगलाई टेवा पुग्ने राईको भनाइ छ । विसं २०७८ मा रु एक लाखको लागतमा स्थापन भएको राईको उद्योगले दैनिक तीन जनालाई रोजगारी दिएर रु ३० देखि पाँच हजारसम्मका पाँच सय प्रकारका बाँसका सामग्री उत्पादन गर्दै आएको छ ।

मासिक रु ६० हजारसम्मको कारोबार गरेर रु ४० हजारसम्म कमाइ गर्न राईले यही पेसाबाट कमाएर मोरङको विराटचोकमा १० धुर जमिनसमेत जोडेको जानकारी दिए । त्यस्तै सहिदभूमि गाउँपालिका घर भई हाल धनकुटा नगरपालिका–७ मा धनुबाँस निगालो उद्योगका सञ्चालक चन्द्रप्रकाश राईले पनि कामदार अभावमा बजार माग पूरा गर्न नसकिरहेको जानकारी दिए ।

बजारमा दैनिक दुई हजार पाँच सय थानाभन्दा बढी माग भए पनि उद्योगले दैनिक आठ सयदेखि एक हजार थानसम्म बाँसको चोयाबाट बनेका सामग्री उत्पादन गरेर दिइरहेको उनले जानकारी दिए । “सामान बनाउन सके बजारमा जति पनि बिक्छ, तर के गर्नु काम गर्ने मान्छे पाइँदैन”, उनले भने ।

विसं २०६८ मा रु २० हजार लगानीमा उद्योग स्थापना गरेका ४० वर्षीय राईले हाल काडमाडाँै, भारत र जापान, सिङ्गापुर, अष्ट्रेलिया सामग्री पठाउने गरेको जानकारी दिए । दैनिक पाँच जनालाई रोजगार दिइरहेका राईले मासिक रु सात लाखसम्मको कारोबार गरी रु एक लाख ५० हजारसम्म कमाइ गरिरहेको जानकारी दिए ।

उनले बाँसको सामग्री बनाएर बेचेको कमाइबाट मोरङको बेलबारीमा रु ३५ लाख बराबरको घडेरीसमेत जोडेको सुनाए । सबैले उद्योग सञ्चालन गर्न नसक्ने र ज्यालामा काम गर्दा जीवनयापन नहुँदा बाँसका सामग्री बनाउने कामदार अभाव भएको घरेलु तथा साना उद्योग विकास समिति धनकुटाका प्रमुख ईश्वर थापाले जानकारी दिए ।

आफ्नो कार्यालयले बाँसका काम गर्नेलाई पर्याप्त मात्रामा तालिम दिँदै आएको भए पनि वैदेशिक रोजगारीको आकर्षणका कारण यस क्षेत्रमा काम गर्नेको अभाव भएको उनको भनाइ छ । जिल्लामा हाल १७ बाँससम्बन्धी उद्योग रहेको विकास समितिको तथ्याङ्क छ । रासस

Artha Sanjal
मिती : १७ माघ २०७९, मंगलवार १२:५१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज गर्न सर्वोच्चमा रिट दायर

तनहुँ–१ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार,कसले मर्ला बाजी ?

१७ करोडको कोकिनसहित दुई भारतीय महिला काठमाण्डौबाट पक्राउ

महासंघमा साना तथा मझौला उद्योगी-व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी : दिनेश श्रेष्ठ

ताजा समाचार

  1. जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज गर्न सर्वोच्चमा रिट दायर
  2. तनहुँ–१ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार,कसले मर्ला बाजी ?
  3. १७ करोडको कोकिनसहित दुई भारतीय महिला काठमाण्डौबाट पक्राउ
  4. महासंघमा साना तथा मझौला उद्योगी-व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी : दिनेश श्रेष्ठ
  5. वैशाख १ देखि श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिकाे आवेदन पालिकाबाटै लिइने
  6. राजश्व अनुसन्धानले दुख दिएको भन्दै न्युरोडका कपडा व्यवसायी छटपटीमा
  7. आइएमई एजेन्ट्समार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

विजनेश फोकस

राजश्व अनुसन्धानले दुख दिएको भन्दै न्युरोडका कप...

नयाँपनको उमंग सि.जी.को उत्कृष्ट प्रोडक्टका साथ ...

नेपालमा १०० वटा ब्रोकर चाहिन्छ, नियमावली ल्याएर...

राष्ट्रिय वाणिज्य बैंकद्धारा नेपाल प्रहरीलाई आर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.