

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ ।
राष्ट्र बैंकको गत साता बसेको सञ्चालक समितिको बैठकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।
हिमालयनले सिभिललाई १:८०.२८ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउनेछन् ।
प्राप्ति प्रक्रिया पूरा भए पश्चात बन्ने नयाँ बैंक हिमालयन बैंककै नामबाट सञ्चालनमा आउने छ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र शाखा सञ्जाल १ सय ८९ पुग्नेछ । यी बैंकले गत असारमा प्राप्ति प्रक्रियाका लागि समझदारी पत्र(एमओयू) हस्ताक्षर गरेका थिए ।
मर्जर प्रक्रिया पूरा गरी यही माघ १८ गतेदेखि एकीकृत कारोबारको सुरु गर्ने यी दुई बैंकको तयारी थियो । तर, राष्ट्र बैंकबाट मर्जर प्रक्रियाको अन्तिम स्वीकृति समयमै नआएकाले एकीकृत कारोबार निर्धारित समयमा नहुने भएको छ । एकीकृत कारोबार कहिले हुन्छ भन्ने विषयमा भने टुंगो लाग्न बाँकी रहेको बैंक स्रोतले जनाएको छ ।
अर्थ सन्जाल