काठमाडौं । झापाको दमक नगरपालिकाका एक व्यवसायीको नागरिकता नक्कली भएकोले निजको नागरिकता छानबीन गरिनुपर्ने भन्दै निवेदन परेको छ । नागरिकताका बिषयमा नेपालको कानुन अति संबेदनशील छ। हालै मात्र देशका उपप्रधान तथा गृह मन्त्री समेत बनेका रवी लामिछानेको नागरिकताको विषयलाई लिएर अदालतले उनको संसद पद समेत खारेज गर्यो । तर पटक पटक ती ब्यबसायीको बिरुद्दमा भारतीय नागरिकले नक्कली विवरण पेस गरि नागरिकता बनाईएको बिषयमा परेको निबेदनमाथि कुनै सुनुवाइ नभई बिषय गुपचुप राखिएको छ ।
निवेदन दमक नगरपालिका वडा नम्बर १ बस्ने कैलास चौधरीको छोरा सत्य नारायण चौधरीको नागरिकताको बिरुद्धमा परेको हो । उनले मिति २०५४/५/५ मा लिएको नागरिकता नम्बर २३११४४३८० भएको नागरिकता उनी भारतीय नागरिक भएको कारणले गैरकानुनी रुपमा लिएको र उक्त नागरिकता छानबिन होस् भनी इलाका प्रहरी कार्यालय दकममा उजुरी परेको हो ।
मिति २०७८ साल चैत महिनामा दुई पटक र मिति २०७९ साल असार ३ गते गरेर तीन तीन पटकसम्म उजुरी पर्दा समेत उक्त उजुरी माथि कुनै सुनुवाइ भएको देखिदैन । जुन आफैमा आश्चर्यजनक कुरा हो । यस बिषयमा अर्थ संजाल डटकमका प्रतिनिधिले इलाका प्रहरी कार्यालय दमकका डीएसपी दिलीप गिरीसंग जिज्ञासा राख्दा उनले भने, ‘हामीले यो विषयमा छानबिन गरि प्रतिवेदन सीडीओ कार्यालय झापालाई बुझाई सकेका छौँ , सीडीओ कार्यालयले आरोपीलाई बोलाएर स्पष्टीकरण पनि सोधिसकेको छ, अरु कुरा हामीले केही बोल्न मिल्दैन।’
तपाईले उजुरी दर्ता भएर प्रक्रिया पुरा गरेको भन्नुभयो त्यसो हो भने हामीलाई दर्ता नम्बर दिनुस् न त ! भन्ने अर्थ संजालको प्रश्नमा डीएसपी गिरीले पहिले अनुसन्धान चलि रहेको हुनाले केही बताउन नमिल्ने बताएपनि पछि नागरिकताको बिषय सीडीओ कार्यालयले हेर्ने हो हामीले होईन भन्नै गैह्रजिम्मेवारपूर्ण अभिव्यक्ति दिदै पन्छिए। साथै उनले समाचार नलेख्न आग्रह समेत गरे।
छानबिन गरि प्रतिवेदन सीडीओ कार्यालय झापालाई बुझाई सकेको भ्गनिएको निवेदनमा दर्ता नम्बर उल्लेख नहुनु र तीन तीन पटक चौधरीको नागरिकता छानबिनका बिषयमा निवेदन पर्दा पनि उक्त घटनालाई गोप्य राख्न खोज्नु आफैमा शंकास्पद रहेको निवेदनकर्ताको भनाई छ ।
यस सम्बन्धमा आरोपी सत्य नारायण चौधरीसंग कुरा गर्दा आफुले सफाई पाईसकेको बताए । तपाईले झुटा विवरण पेस गरेर नेपाली नागरिकता लिनुभएको भन्ने छ नि ,भन्ने हाम्रो प्रश्नको जवाफमा उनले भने, ‘हो म भारतीय नागरिक हो तपाईले सकेको गर्नुस् ।’ समाचार तयार गर्दाका मितिसम्म यस बिषयमा जिल्ला प्रसासन कार्यालयमा कुनै प्रमाण भेटिदैन।
चौधरीसंगको कुराकानी पश्चात विभिन्न नम्बरमार्फत हाम्रा संवाददातालाई धम्कीसमेत आएको छ ।
( यस सम्बन्धि समाचार अर्को फलोअपमा पुन: प्रकाशन गरिनेछ ।)
अर्थ सन्जाल