७ सय ६४ जना कोरोना संक्रमित थपिदा १० जनाको मृत्यु

नेपालमा बितेको २४ घण्टामा ७ सय ६४ जना कोरोना भाइरसका संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ९ हजार ४ सय ६६ जनाको पीसीआर परीक्षणमा ७ सय १५ जना र १ हजार २ सय २२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट १० जना को निधन भएको छ। मुलुकका विभिन्न अस्पतालबाट १ हजार ३३ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना निको हुने दर ९६ दशमलब ७ प्रतिशत रहेको छ भने हाल मुलुकमा १५ हजार ६ सय १४ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *