

कामना सेवा विकास बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा विनय दाहाल नियुक्त भएका छन् ।
बैंककाे माघ १३ गते, शुक्रबार बसेकाे सञ्चाल समितिकाे बैठकले आज माघ १५ गते, आइतबारदेखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाललाई नियुक्त गरेको हो । उनी यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।
बैंकका सीईओ प्रविण बस्नेत बैंकिङ कसुरमा अभियोग परेपछि बैंकबाट बर्खास्त भएका छन् ।
बस्नेतले झापामा नक्कली ऋणी तयार पारेर ऋण दिएको भेटिएपछि राष्ट्र बैंकको सिफारिसमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले अहिले अनुसन्धान गरिरहेको छ । प्रहरीले बस्नेतसहित बैंकका ११ जनाका नाममा पक्राउ पुर्जी जारी गरेको छ।
Artha Sanjal
अर्थ सन्जाल