पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मीबीच भिडन्त हुने भएकाे छ ।
आजका विजेताले फाइनलमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् भने दुवै टिमलाई जित्नै पर्ने दबाब रहेको छ ।
आजका विजेताले एपीएफसँग उपाधिका लागि खेल्ने छ । हिजो भएको खेलमा मछिन्द्र क्लबलाई ३–१ गोलले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको थियाे।
सनिश श्रेष्ठ, प्रदीप लामा र नवीन लामाले एफीएफका लागि एक–एक गोल गरेका हुन भने मछिन्द्रका ओमोलाजा करिमले एक गोल फर्काएका थिए ।
खेलको २५ औं मिनेटमा एपीएफका सनिशले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन् । तर, ४० औं मिनेटमा मछिन्द्रका ओमोलाजाले गोल गर्दै खेललाई एक–एक गोलको स्थितिमा ल्याए थिए ।
त्यसपछि ६९ औं मिनेटमा प्रदीप र इन्जुरी समयमा नवीनले गरेको गोलसँगै एपीएफ ३–१ गोलले विजयी भएका हुन् ।
फाइनल खेल शनिबार हुने भएकाे छ । १० टोली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।






