रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् । सर्वोच्चले सांसद र मन्त्री पद खारेज भएको फैसला सुनाउँदा उनी गृह मन्त्रालयमै थिए ।
मन्त्रालयबाट बाहिरिने क्रममा उनले भने, ‘अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’ तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनले बताए ।
अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । नागरिकले के गर्छ मैले बुझेकै छैन ।’
Artha Sanjal
अर्थ सन्जाल