

सर्वोच्च अदालत परिसरमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्चले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको सांसद पद खारेज गरेसँगै उनका केही समर्थकले सर्वोच्च परिसरमै नाराबाजी गरेका थिए । त्यसक्रममा केहीलाई प्रहरीले पक्राउ गरेको हो ।
लामिछानेको नागरिकता विवादबारे दर्ता भएको मुद्दामा सुनुवाइ गर्दै संवैधानिक इजलासले उनी सांसद बन्न अयोग्य रहेको ठहर गरेको हो ।
Artha Sanjal
अर्थ सन्जाल