

संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेम आचार्यको न्यायका लागि भन्दै युवाहरू सडकमा उत्रिएका छन् । माइतीघर मण्डलामा स्वस्फुर्तरूपमा प्रदर्शनमा उत्रिएका युवाहरुले प्रेमको आत्महत्या नभएर हत्या भएको दाबी गरेका छन् ।
आचार्यको आत्मदाहमा राज्य जिम्मेवार भएको भन्दै युवाहरूले ‘अब अर्को श्रद्धाञ्जली मेरो लागि नहोस् !’ भन्दै सचेतसमेत गराएका छन् । उनीहरुले देशमै केही गर्छु भन्नु अपराध हाे ? भन्दै प्रश्न गरेका छन् । भ्रष्टाचार र लुटतन्त्रविरुद्ध एकजुट हुन युवाहरुले आह्वान गरेका छन् ।
Artha Sanjal
अर्थ सन्जाल