

जनमत पार्टीका सांसद एवं विनाविभागीयमन्त्री अब्दुल खान अन्ततः खानेपानी मन्त्री बन्न तयार भएका छन् । उद्योग, वाणिज्य एवं आपूर्ति वा कषि मध्ये एक मन्त्रालय पाउनुपर्ने अडानमा रहेका खान अहिले खानेपानी मन्त्रालय सम्हाल्न तयार भएका हुन् ।
खानले आज बुधबार दिउँसो २ बजे पदभार ग्रहण गर्ने कार्यक्रम छ । मन्त्रीको शपथ यसअघि नै लिएका उनले मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै पदभार ग्रहण गर्ने अस्वीकार गर्दै आएका थिए ।
११ पुसमा जनमत पार्टीबाट मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल प्रचण्डले ३ माघमा खानेपानी मन्त्रीको जिम्मेवारी दिएका थिए । प्रधानमन्त्री प्रचण्डकै विशेष आग्रहमा अहिले खानेपानी मन्त्रालय सम्हाल्न लागेका उनले बताएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल