अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

टीकापुर महोत्सवमा टिकट बिक्रीबाट २२ लाख आम्दानी

  • अर्थ सन्जाल
  • ११ माघ २०७९, बुधबार ११:३५


कैलालीमा माघ ४ गतेदेखि शुरु भएको टीकापुर महोत्सवको पाँच दिनमा ४५ हजार जनाले अवलोकन गरेका छन् । महोत्सव प्रवेशका लागि टिकटबाट रु २२ लाख आम्दानी भएको छ ।

आयोजक टीकापुर उद्योग वाणिज्य सङ्घले रु तीन सयका दरले करिब एक हजार एक सय सिजनल टिकट बिक्री गरेको वाणिज्य सङ्घका उपाध्यक्ष तथा आर्थिक समितिका संयोजक कृष्ण बजगाईँले जानकारी दिए । महोत्सवमा रहेका कक्षका कारोबार र अवलोकनकर्ताको उपस्थिति सन्तोषजनक रहेको उनले बताए । टिकट बिक्रीको जिम्मा सङ्घले नेपाल रेडक्रस सोसाइटी टीकापुरलाई दिएको छ । ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

महोत्सवमा कृषि प्रदर्शनी र शैक्षिक प्रदर्शनी मुख्य आकर्षण रहेका छन् । अघिल्ला वर्षभन्दा यस वर्ष महोत्सवमा होटल व्यवसायीले पर्याप्त आम्दानी गरेका छन् । महोत्सवमा टीकापुरस्थित आँखा उपचार केन्द्रले निःशुल्क परीक्षण र औषधि वितरण गरिरहेको छ । महोत्सवको एक लाख बढीले अवलोकन गर्ने तथा रु ५० लाख बढी कारोबार हुने आयोजक संस्थाले जनाएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिइरहनुभएको छ । महोत्सवमा बाल कलाकार सुप्रिम मल्ल, गायक रामजी खाण, भीम विष्ट, रेखा जोशी, लालबहादुर धामी (अछामी बड्डो), हाँस्यकलाकार सन्दीप क्षेत्री, हेमराज अधिकारी (खन्ट्या खलास), गायिका शान्तिश्री परियार, लक्ष्मी आचार्य, माधवी घर्तीमगर, रमेशराज भट्टराई, अञ्जु कुश्मी, झरना बोहरा, मनिष खड्का, गायिका शोभा त्रिपाठी, मेलिना राई, चक्र बम, एलिना चौहान, सोनु कुश्मी, टङ्क तिमिल्सिना, रचना रिमाल, अनिता चलाउने, मञ्जु पौडेललगायतको प्रस्तुति रहेको छ । रासस

Artha Sanjal
मिती : ११ माघ २०७९, बुधबार ११:३५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

लगातार घट्यो सेयर बजार : मंगलबार १५.७४ अंकको गिरावट

भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार

अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने

शुभम पावरको आईपीओ भोलिबाट निष्कासन गर्ने

ताजा समाचार

  1. लगातार घट्यो सेयर बजार : मंगलबार १५.७४ अंकको गिरावट
  2. भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार
  3. अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने
  4. शुभम पावरको आईपीओ भोलिबाट निष्कासन गर्ने
  5. गोरखामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  6. नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत
  7. दूधको मूल्य बढाउन माग

विजनेश फोकस

मनकामना स्मार्ट लघुवित्तद्वारा लाभांश घोषणा

एनआईसी एशिया लघुवित्तको नाफासँगै अघिकांश सूचकमा...

प्रभु बैंकका सीईओको नियुक्ति गैरकानुनी, उच्च अद...

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.