

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्र बिन्दु भइ आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।
उनले प्रदेश मुख्यसचिव, सामाजिक विकास मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीसित सम्पर्क गर्दै उक्त निर्देशन दिएका हुन् । मुख्यमन्त्री रावललले तत्काल क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएका छन् । क्षतिकाे पूर्ण विवरण प्राप्त भएपछि थप राहत घाेषणा गरिने बताइएकाे छ ।
अहिलेसम्मकाे विवरणअनुसार भूकम्पका कारण एक जना ज्यान गएकाे छ भने २५ घरमा क्षति पुगेकाे छ ।
Artha Sanjal
अर्थ सन्जाल