अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

आयातसँगै घट्यो निर्यात, आयात प्रतिबन्धको असर राजस्वमा देखियो

  • अर्थ सन्जाल
  • १० माघ २०७९, मंगलवार १८:०२


चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो ।

तथ्याङ्क अनुसार गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २० दशमलव ६८ र निर्यात ३२ दशमलव शून्य एक प्रतिशतले कमी आएको हो । गत आवको पुससम्म रू नौ खर्ब ८८ अर्ब ३४ करोड ४२ लाखको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमारू सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाखको आयात भएको हो ।

साथै गत आवको पुससम्म रू एक खर्ब १८ अर्ब ८५ करोडको वस्तुको निर्यात भएकोमा चालु आवको सोही अवधिमा जम्मा रू ८० अर्ब ८० करोड ७४ लाखको निर्यात भएको हो । तथ्याङक अनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७५ र निर्यातको हिस्सा नौ दशमलव २५ प्रतिशत छ ।

सात खर्बको व्यापारघाटा

चालु आर्थिक वर्षको छ महिनामा व्यापारघाटा रू सात खर्बभन्दा पुगेको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक व्यापारघाटा रू सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख पुगेको छ । समीक्षा अवधिमा नेपालले रू आठ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाखको वैदेशिक व्यापार गरेको छ । गत आवमा रू आठ खर्ब ८० अर्ब बढीको व्यापारघाटा हुँदा रू ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखभन्दा बढीको वैदेशिक व्यापार भएको थियो । विभागको तथ्याङ्कअनुसार गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव १५ प्रतिशतले घटेको छ ।

तथ्याङ्क अनुसार छ महिनामा नेपालले छिमेकीमूलुक भारतसँग मात्र रू चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार बराबरको व्यापारघाटा व्यहोरेको छ । उक्त अवधिमा नेपालले भारतबाट रू चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात गरेको छ भने रू ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजारको निर्यात गरेको छ ।

आयात प्रतिबन्धको असर राजस्वमा

सरकारले सवारी साधानलगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजस्वमा देखिएको छ । गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रू ७४ अर्ब ७६ करोड ४२ लाख ५१ हजार बराबर राजस्व सङ्कलनमा कमी आएको छ । गत आर्थिक वर्षको छ महिनामा रू दुई खर्ब ५७ अर्ब ६० करोड ४६ लाख ७६ हजार राजस्व सङ्कलन गरेकोमा चालु आवमा सोही अवधिमा रू एक खर्ब ८२ अर्ब ८४ करोड बराबर राजस्व सङ््कलन भएको हो ।

सरकारले सबै प्रकारका मदिरा, एक सय ५० सिसीभन्दा बढी क्षमताका मोटरसाइकल, तीन सय डलरभन्दा माथिको मोबाइल र सवारी साधन आयातमा प्रतिबन्ध हटाइसकेको छ । विभागका अनुसार छ महिनामा नेपालले विभिन्न देशबाट रू सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख बराबरको बराबरको विदेशी वस्तुको आयात भएको हो । तर, मङ्सिरमा रू एक खर्ब ३२ अर्ब बराबरको विदेशी वस्तुको आयात भएकोमा पुसमा रू एक खर्ब २७ अर्ब बराबरको मात्रै आयात थपिएको हो ।

एक सय ४८ देशबाट आयात

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अनुसार नेपालमा विभिन्न एक सय ४८ देशबाट रु सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख बराबरको बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्क अनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । छ महिनाको अवधिमा नेपालले भारतबाट मात्रै रु चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात भएको छ ।

कुल रू चार खर्ब बढीको आयात हुँदा रू ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजार बराबरको मात्रै निर्यात गरेको छ । नेपालले भारतसँग मात्रै रू चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार बराबरको व्यापारघाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । छ महिनाको अवधिमा चीनबाट रू एक खर्ब नौ अर्ब ९७ करोड ८७ लाख बराबरको आयात भएको छ भने रू ३४ करोड ११ लाख मात्र निर्यात भएको छ । चीनसँग मात्र रु एक खर्ब नौ अर्ब ६३ करोड ७५ लाख बराबरको व्यापारघाटा भएको छ ।

Artha Sanjal
मिती : १० माघ २०७९, मंगलवार १८:०२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’

सचिवको सरुवा र पदस्थापन

युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड

ताजा समाचार

  1. ‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’
  2. सचिवको सरुवा र पदस्थापन
  3. युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा
  4. मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड
  5. भ्यालेन्टाइन्स डेमा जगदम्बा मोटर्सले ल्यायो टीभीएस स्कुटरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना
  6. विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
  7. मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

विजनेश फोकस

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, यस्ता छन...

बैंक खातासँग सम्बन्धित विवरण कसैलाई नदिन राष्ट्...

सेयर बजारमा ७६.६४ अंकको उछाल, कारोबारमा एनआईसी ...

क्यान इन्फोटेक मेला आजदेखि शुभारम्भ, सूचना प्रव...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.