

नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामू एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रतिनिधिसभा बैठकमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड गाडीबाट बाहिरिने क्रममा शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका हुन् ।
सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा उनले आफूलाई आगो लगाएको प्रहरीले जनाएको छ । आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेम प्रसाद आचार्य भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीका अनुसार उनी घाइते भएका छन् । उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । आचार्यले आत्मदाह प्रयास गर्नुको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल