

सेयरबजारमा झिनो अंकले उकालो लागेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ८.१४ अंकले बढेर २१७३.२४ बिन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.५३ अंकले बढेर ४१५.५४ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २४८ कम्पनीको ८३ लाख १८७ कित्ता सेयर किनबेच भएको छ । यसदिन ३ अर्ब ३२ लाखमाथिको कारोबार भएको छ ।
यसदिन १०९ कम्पनीको सेयर मूल्य बढेको छ, भने ८९ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
Artha Sanjal
अर्थ सन्जाल