

नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ। एयर ट्राफिक कन्ट्रोल (एटिसी)को निर्देशन नमानेको भन्दै उनीहरुलाई कारबाहीका लागि सिफारिस गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
कारबाही सिफारिसमा पर्ने पाइलटहरूमा नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरे रहेका छन् । उनीहरुले गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एटिसीको निर्देशन उल्लघंन गरेको आरोप छ ।
हङकङ विमानस्थल एटिसीको निर्देशन नमानेर जोखिमपूर्ण अवतरण गरेको भन्दै पाइलटलाई कारबाही गर्न निर्देशन दिएको प्राधिकरण प्रवक्ता निरौलाले बताए । हङकङ विमानस्थल एटिसीको निर्देशन नमानेकाबारे त्यहाँको सिभिल एभिएसनले खबर गरेपछि उनीहरुलाई निलम्वन गर्न निगमलाई निर्देशन दिइएको उनले बताए ।
Artha Sanjal
अर्थ सन्जाल