

अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्र सञ्चालन गर्न अर्थमन्त्रालय र राष्ट्र बैंकबीच सहकार्य हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनमा सोमबार पौडेलले राष्ट्र बैंक र अर्थ मन्त्रालयले अर्थतन्त्रका समग्र अवस्थामा विषयमा संघन संवाद गरिरहेको बताए ।
उनले पछिल्लो दिनमा ब्याजदर कम हुने केही संकेत देखिएका पनि बताए । अहिले अर्थतन्त्रमा देखिएको समस्या सरकार र अर्थमन्त्रालयको मात्रै नभई सिंगो राष्ट्रको समस्या भएको पौडेले बताए । पौडेलले उद्योगी व्यवसायीलाई अहिले देखिएको समस्या सिंगो राष्ट्रको हो बुझेर काम गरिदिन आग्रह गरे ।
Artha Sanjal
अर्थ सन्जाल