

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना दुई शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले नारायण शाखा र ईटहरी शाखा कार्यालय स्थानान्तरण गरेको हो ।
बैंकले भरतपुर महानगरपालिका वडा नं. २ शहिदचोकमा रहेको नारायण शाखा कार्यालय करिब १०० मिटर पश्चिममा भरतपुर महानगरपालिका वडा नं. ३ शहिदचोक तेजमान प्लाजामा स्थानान्तरण गरेको हो ।
साथै इटहरी उपमहानगरपालिका वडा नं. ६ मा रहेको इटहरी शाखा करिब ४०० मिटर पूर्व इटहरी उपमहानगरपालिका वडा न.६ मा नै स्थानान्तरण गरेको हो ।
Artha Sanjal
अर्थ सन्जाल