

नेपाली बजारमा सोमबार सुनको मूल्य फेरि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबा रभएको थियो।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै १ लाख ३७५ रुपैयाँमा कारोबार भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल