

बैकिङ्ग कसुर मुद्दाका फरार लोकमान गुरुङ्ग पक्राउ परेका छन् । ८ लाख २४ हजार हजार रुपैयाँ जरिवाना ठहर भएका गुरुङ्गलाई काठमाडौं उपत्यका अपरााध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेको हो ।
धादिङ्ग गंगाजमुना गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३ बाँसबारी बस्ने २९ वर्षिय गुरुङ्गलाई उच्च अदालत पाटनले बैकिङ्ग कसुर मुद्दामा ८ लाख २४ हजार रुपैयाँ ठहर गरेको थियो । गत वैशाख ६ गतेको फैसलाले उनलाई ८ लाख रुपैयाँ जरिवानासहित ७ दिन कैद र ३२ हजार ९६० रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर गरेको थियो ।
काठमाडौं बानेश्वर थापागाउँबाट पक्राउ परेका गुरुङ्गलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमल पठाइएको स्रोतले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल