अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

विप्रेषण व्यवस्थित गर्न सरकार नीतिगत सुधारको तयारीमा: अर्थमन्त्री

  • अर्थ सन्जाल
  • ८ माघ २०७९, आईतवार १५:०२


उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् ।

प्रवासी नेपालीमञ्च अमेरिकाले शनिबार राति आयोजना गरेको ‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले विप्रेषणलाई वैधानिक माध्यमबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानीको अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तयार रहेको बताए ।

अर्थमन्त्री पौडेलले भने, ‘बिप्रेषणको ठूलो हिस्सा बैधानिक प्रणालीबाट भित्र्याउन सकेका छैनौँ, यसका लागि लिनुपर्ने नीति, गर्नुपर्ने निर्णय र दिनुपर्ने प्रोत्साहनका लागि सरकार तयार छ ।’ विप्रेषणबाट भित्रिएको रकम उत्पादन, निर्माण र रोजगारीका साथै नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सक्छौँ,’ उनले भने, ‘त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्यालाई परिमार्जन र सुधार गर्न तयार छौँ ।’

गैरआवासीय नेपालीले उठाएको नागरिकतासम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै मन्त्री पौडेलले भने, ‘गैरआवासीय नेपालीको आर्थिक तथा सामाजिक अधिकारसहितको नागरिकता प्राप्त गर्ने संविधानमा हामीले जुन प्रबन्ध गरेका छौँ त्यो छिट्टै पूरा गर्ने गरी हामी अघि बढेका छौँ ।’ उनले सहज ढङ्गले नागरिकता प्राप्त गर्न सकिने र नेपालमा लगानी गर्न थप अनुकूल परिस्थिति सिर्जना हुनेमा विश्वास व्यक्त गरे ।

वैदेशिक लगानी तथा प्रविधिसम्बन्धी ऐेनले गैरआवासीय नेपालीलाई विदेशी नागरिक सरह लिएको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । गैरआवासीय नेपालीले नेपालमा आउँदा प्रवेशाज्ञा लिनुपर्ने विषयमा पनि ध्यान गएको भन्दै उनले नागिरकतासम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने बताए ।

‘नेपालको आर्थिक विकासमा प्रवासमा रहेका गैरआवासीय नेपालीहरुको ठूलो योगदान छ । आागमी दिनमा अझ प्रभावशाली हुँदैछ,’ उनले भने, ‘रेमिट्यान्स मात्रै नभइ वैदेशिक लगानीका निम्ति पनि नेपालको सद्भावना दूतका रुपमा प्रत्येक प्रवासी र गैरआवासीय नेपालीले भूमिका खेल्नुहुनेछ भन्नेमा विश्वास व्यक्त गर्दछु ।’

उनले नेपाल लगानीका निम्ति सुरक्षित स्थान भएको र प्रतिफल पनि दिने स्थान भएको भन्दै उहाँले यो सन्देश संसारभरका लगानीकर्ताका माझ पु¥याइदिन आग्रह पनि गरे ।

कार्यक्रमका सहभागीहरुले विप्रेषणले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपालको अर्थतन्त्र मजबुत पार्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, मानवीय संशोधन, औद्योगिकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षा लगायतमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।

Artha Sanjal
मिती : ८ माघ २०७९, आईतवार १५:०२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ७६.९५ प्रतिशतले घट्यो

मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल

बढ्यो सुनको मूल्य , चाँदीको स्थिर

सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

ताजा समाचार

  1. मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ७६.९५ प्रतिशतले घट्यो
  2. मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल
  3. बढ्यो सुनको मूल्य , चाँदीको स्थिर
  4. सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट
  5. सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला
  6. विदेशी मुद्राको विनिमय दर सार्वजनिक,कुन देशको कति ?
  7. रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारलाई धक्का

विजनेश फोकस

प्रतिनिधिसभाको बैठक सुरु

आरएमडीसी लघुवित्तको नाफासँगै ईपीएस पनि बढ्यो

नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश, सेवा विस्तार र...

खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफा प्र...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.