

एनएमबि बैंकले चालु आर्थिक वर्ष २०७९/८० दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा ११.०८ प्रतिशतले बढेर १ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७१ करोड नाफा आर्जन गरेको थियो । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६३ करोड ९७ लाख रुपैयाँ रहेको छ।
दोस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि १२.२० प्रतिशतले बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५७.२२ प्रतिशतले बढेर ४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब ७१ करोड रुपैयाँमा सीमित थियो ।
हाल चुक्तापुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ६० करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकले १ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर २.२४ प्रतिशत पुगेको छ । गत वर्ष यही अवधिसम्म एनपीएल १.४९ प्रतिशत थियो । सीडी रेसियो ८७.२५ प्रतिशत रहेको बैंकको आधार दर १०.६८ प्रतिशत रहेको छ।
समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २०.७० रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १८.६४ रुपैयाँ रहेको थियो। बैंकको पीई रेसियो ११.८८ गुणा, प्रतिसेयर नेटवर्थ १४८.१० रुपैयाँ र तरलता अनुपात २५.४० प्रतिशत रहेको छ।
अर्थ सन्जाल