

हेटौंडा । जिल्ला अदालत मकवानपुरले हेटौंडा–४ की सुस्मिता केसीको हत्यामा संलग्न भएको ठहर गर्दै परिवारका चार सदस्यलाई जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलासले सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा कार्की, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीता थापालाई दोषी ठहर गर्दै जनही २५ वर्ष कैदको फैसला गरेको हो । सासु तुलसा कुमारी थापालाई हत्याको मतियार ठहर गरि १० वर्षको जेल सजाय तोकेको छ ।
सुस्मिताको १ असार २०७७ उनका परिवारका सदस्यहरु मिलेर विभत्स तरिकाले हत्या गरेका थिए । सुस्मिताका स्वर्गीय श्रीमान रुपेन्द्रको दुर्घटना बीमाबापत आउने रकमका लागि परिवारका सदस्यहरुले मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
मृतक सुस्मिताका बुवा कृष्णबहादुर क्षेत्रीले २०७७ असार २९ गते पाँचै जना विरुद्ध जाहेरी दर्ता गराएका थिए ।
अर्थ सन्जाल