

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाउने नेपाल राष्ट्र बैंकले गरेको निर्णयको स्वागत गरेको छ।
राष्ट्र बैंकले १३ महिनाअघि लागू गरेको सवारीसाधन तथा विभिन्न अटोमोबाइल वस्तुहरुको आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाउने निर्णयको गरेसँगै आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयको स्वागत गरेको हो।
राष्ट्र बैंकको हालको योे निर्णयले अटोमोबाइललगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने नाडाको भनाइ छ।
यदपि नाडाबाट राखिएका अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैकहरुबाट निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्घि गरिनुपर्ने लगायतका महत्वपूर्ण विषयहरुमा सम्बोधन नभएसम्म नेपालको अटोमोवाइल व्यवसाय चलायमान हुन नसक्ने नाडाको भनाइ छ ।
चालु पुँजी कर्जासम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाहरुलाई समेत तत्कालै संशोधनका गर्न पनि राष्ट्र बैंकसमक्ष नाडाले आग्रह गरेको ।
अर्थ सन्जाल