

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका सिन्धुली शाखा प्रमुख (ब्रान्च म्यानेजर) दिपेन्द्र मौनालीमाथि आत्महत्या दुरुत्साहन मुद्धामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मौनालीमाथि आत्महत्या दुरुत्साहन मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिभिल लघुवित्तको सोही शाखामा कार्यरत एक महिलालाई आत्महत्या दुरुत्साहन गरेको भन्दै महिलाको माइति पक्षले जाहेरी दिएपछि मैनाली पक्राउ परेका थिए ।
उनीमाथि आत्महत्या दुरुत्साहन मुद्धामा अनुसन्धान भइरहेको छ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भद्रकाली, सिन्धुलीमा कार्यरत कर्मचारी गिता थापा मगरले पुष २१ गते आत्महत्या गरेकी थिइन् ।
Artha Sanjal
अर्थ सन्जाल