

नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंक र चार वटा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । आर्थिक वर्ष ७९/८० को पहिलो त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएको विकास बैंक र फाइनान्सलाई नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलप्मेन्ट बैंक र सालपा विकास बैंकलाई कारवाही गरेको छ ।
राष्ट्र बैंकले फाइनान्स कम्पनी तर्फ नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाईनान्स, र प्रोग्रेशिभ फाइनान्सलाई नगद जरिवाना गरेको हो ।
Artha Sanjal
अर्थ सन्जाल