एशियन लाईफ इन्स्योरेन्सको प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन माघ ११ गतेरहेको छ । यस वर्ष कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २ प्रतिशत नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांश वितरणको तयारी गरेको हो । कम्पनीले माघ २१ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले आर्थिक वर्ष ०७६/७७ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीले माघ १२ गते एक दिन बुक क्लोज गर्ने भएकाले माघ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन ।