ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् । बैंकको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा चयन गरेको हो । खड्का बैंकको संस्थापक सेयरधनी समेत रहेका छन्।
ज्योति विकास बैंकका संचालक अध्यक्ष हरि प्रसादले राजिनामा दिए पछि हरिचन्द्र खड्कालाई सर्वसम्मत रुपमा चयन गरिएको हो।