

स्थापनाको ३० वर्ष पूरा गरेको अवसरमा सनराइज क्यापिटलले विशेष छुट योजना ल्याएको छ । योजनाअन्तर्गत निःशुल्क डिम्याट खाता ३० दिनका लागि, निःशुल्क मेरो सेयर खाता ३० दिनका लागि र लगानी व्यवस्थापन सेवा शुल्क तीन वर्षका लागि ३० प्रतिशत छुटलगायत रहेका छन् ।
सनराइज क्यापिटलले हाल दुईवटा म्युचुअल फण्ड सनराइज फस्र्ट म्युचुअल फण्ड र सनराइज ब्लुचिप फण्ड व्यवस्थापन गर्दै आएको छ भने नयाँ म्युचुअल फण्ड सनराइज फोकष्ड इक्विटी फण्ड निष्कासनका क्रममा रहेको छ ।
२०४९ माघ १ गते एनआइडिसी क्यापिटल मार्केट्स लिमिटेडको नामबाट सञ्चालनमा आएको कम्पनीले सनराइज क्यापिटलको नामबाट कारोबार सुरु गरेको थियो ।
सनराइजले प्राप्ति गरेपछि २०६७ मा एनआइडिसी क्यापिटल मार्केट्सको सहायक कम्पनी एनसिएम मर्चेण्ट बैंकिङ सनराइज क्यापिटलमा रूपान्तरण भएको हो ।
Artha Sanjal
अर्थ सन्जाल